부산국제영화제에서 ‘거울 창 인형' 본선대회 선정

 수지 비 다리 감독의 영화 '아이나 지 알코 푸 탈리'가 대한민국 부산 국제 영화제 본선 대회에 선정됐다.

부산시는 최근 기자회견을 통해 올해의 라인업을 공개했다.

काठमाडौं : सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ। सोमबार भर्चुअल प्रेस मिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो। सार्वजनिक लाइनअपअनुसार यो फिल्म बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो।
यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन्। कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) प्राप्त गर्नेछन्। योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ।
यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो। किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर छ।
कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो। कोभिड–१९ महामारीका कारण भर्चुअल रूपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ।
फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर जतिचोटि उनी सपनाको नजिक पुग्छिन्, कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ। सुजितले बालिकाको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथा तयार गरेको बताए। विद्या र उनको नौ वर्षको भाइ (वसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोका रूपमा रहेको सुजितले बताए।
फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ। सिरु विष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय छ।
साभार: अन्नपूर्ण मनोरञ्जन ३० भदौ २०७७ ०६:४३:००

 

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지