한국서 자발적 업무 변경 요구로 서명 수집 캠페인 시작
수집된 서명을 헌법 재판소에 제출

 한국에서 외국인 근로자들이 원하면 언제든지 이직할 수 있도록 하는 시그니처 컬렉션 캠페인을 실시한다.

이 캠페인은 외국인 근로자를 옹호해 온 이주노동조합 (MTU)과 전국민주노동조합총연맹 (KCTU)의 적극적인 참여로 화요일에 시작됐다.

सिओल ।

कोरियामा प्रवासी मजदुरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

प्रवासी मजदुरका पक्षमा वकालत गर्दै आएको युनियन प्रवासी श्रमिक युनियन (एमटियु) र कोरियाको प्रजातान्त्रिक मजदुर संगठन (केसिटियु)को सक्रियतामा मंगलवारबाट उक्त अभियान सुरु गरिएको एमटियुका अध्यक्ष उदय राईले जानकारी दिए ।

उनले कोरियाको संविधानको धारा १५ मा मजदुरले स्वेच्छाले आफ्नालागि काम छनोट गर्न पाउने गरी स्पष्ट व्यवस्था गरिएपनि यहाँको सरकारले आफ्नै संविधानको पालना नगरी प्रवासी मजुरलाई असमान व्यवहार गरिरहेको बताए ।

उनी भन्छन,‘कोरियाको संविधानमा समेत मजदुरले आफ्नै ईच्छाले काम छनोट गर्न सक्ने व्यवस्था छ । यो वाहेक कोरियाको समानता सम्बन्धी कानुनमा पनि मजदुरलाई भेदभाव गर्न नपाउने उल्लेख छ । ’

यस अघि एमटियु लगायत मजदुर अधिकारवादी संस्थाले प्रवासी मजदुरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै यहाँको संवैधानिक अदालतमा मुद्धा दायर गरिसकेका छन् ।

सरकाले आफ्नै मजदुर कानुनको पुर्ण पालना गर्नुपर्नेमा त्यसो नगरिएकाले संविधानको पुर्ण पालना गर्नुपर्ने फैसला गर्न माग गर्दै उक्त मुद्धा दर्ता गरिएको राईको भनाई छ ।

संकलित हस्ताक्षर कोरियाको संवैधानिक अदालतमा बुझाईने युनियनले जनाएको छ ।

कोरियामा ईपियस मार्फत रोजगारीकालागि आउने विदेशी श्रमिकले कार्यस्थल परिवर्तन गर्न चाहेमा राजगारदाताको स्विकृती लिनुपर्ने सरकारी व्यवस्था छ । जसका कारण प्रवासी मजदुर शोषणमा पर्ने गरेको भन्दै प्रवासी मजदुर युनियनले निरन्तर आवाज उठाउँदै आएको छ ।

यो नियम लागु भएमा कोरियामा कार्यरत करिब ४० हजार नेपाली  ईपियस श्रमिक लाभान्वित हुनेछन् ।

साभार : शिव भुसालप्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १६

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지