룸비니, 7개월 만에 80만명 관광객 줄어!

 

 석가모니의 탄생지인 네팔 룸비니에는 올해 1월 부터 7월까지 최소 80만명의 관광객이 감소한 것으로 나타났다.

이유는 코로나19 발생 이후 불교도인들의 중국을 통한 입국 차단으로 인해 관광이 어려워 졌기 떼문이다.

तिलोत्तमा — मुख्य सिजनमा लामो समय लकडाउन भएपछि बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक स्वाट्टै घटेका छन् । लुम्बिनी विकास कोषका अनुसार गत जनवरीदेखि जुलाईसम्म कम्तीमा ८ लाख पर्यटक गुमाउनुपरेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि यहाँ बौद्धमार्गी आउन छाडेका हुन् । त्यसयता विभिन्न मुलुकमा संक्रमण फैलिएपछि लुम्बिनी पर्यटकविहीन बनेको हो । पर्यटक नआएपछि कोषले राजस्व गुमाउनुपरेको जनाएको छ ।
कोरोना संक्रमण फैलन सक्ने स्थानमध्ये मठमन्दिर पनि पर्ने भएकाले उक्त स्थानलाई अझै खोल्ने स्वीकृति दिइएको छैन । मुलुकको प्रमुख धार्मिक पर्यटकीयस्थल लुम्बिनी अहिले सुनसान छ । यहाँ लकडाउन घोषणा हुनुपूर्व नै पर्यटक आवतजावत कम भएपछि यहाँका पर्यटन व्यवसायी र विकास कोष प्रभावित भएको लुम्बिनी विकास कोषका सदस्य–सचिव ज्ञानिन राईले बताए ।
‘फागुनबाट नै मानिस कम भइसकेका थिए,’ उनले भने, ‘अहिले त झन् आउने कुरै भएन ।’ लुम्बिनीका कुनै पनि मन्दिर नखुलेकाले पर्यटक आउने आधार नरहेको उनले जानकारी दिए । बन्दाबन्दीका कारण विकास कोषले राजस्व संकलनका साथै चालु सिजनमा ८ लाखभन्दा बढी पर्यटक गुमाएको राईले बताए । जनवरीदेखि जुलाईसम्मको समय आन्तरिकतर्फ जिल्लाबाहिरका धेरै पर्यटक पारिवारिक घुमघाम, वार्षिक क्लोजिङको खुसियाली मनाउन आउने सिजन भएको उनको भनाइ छ । विदेशबाट बुद्ध जयन्ती, बुद्धसँग सम्बन्धित अन्य कार्यक्रम लिएर अनुयायी र पर्यटक आउने सिजनसमेत यही रहेको राईले बताए । विकास कोषका अनुसार सन् २०१९ को जनवरीदेखि जुलाईसम्म लुम्बिनीमा ८६ हजार ५ सय ३१ भारतबाहेक अन्य देशका पर्यटक आएका थिए । यसैगरी ९३ हजार ८ सय ५२ भारतीय पर्यटक भित्रिएका थिए भने ६ लाख ८० हजार २ सय ६ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए ।

कोरोनाकै कारण रोकिएका पर्यटक आउने वातावरण तत्काल बन्ने माहोल नरहेको राईको भनाइ छ । यहाँ धेरै पर्यटक भारत हुँदै आउने गरेका छन् । भारतमा कोरोना भयावह छ । सीमा बन्द गरिएको छ । अहिलेको अवस्थामा भारतबाट ओहोरदोहोर सम्भव देखिँदैन । ‘आन्तरिक होस् वा बाह्य, खाना खाएर सुत्ने भन्दै लुम्बिनी त आउँदैनन्,’ उनले भने, ‘कम्तीमा एउटा भए पनि मन्दिर खुले ध्यान गर्ने, पूजा गर्ने र रात काट्ने सम्भावना हुन्छ ।’ सरकारी निर्णयअनुसार धार्मिकस्थल बन्द रहने सूचना जारी भएकाले लुम्बिनी मात्र खुल्न दिने भन्ने निर्णय पनि सम्भव नरहेको उनले बताए । मानिसमा कोरोनाप्रतिको त्रास रहुन्जेलसम्म कुनै पनि स्थलमा भीडभाड हुने, चहलपहल हुने वातावरण नरहने राईको भनाइ छ ।
‘मन्दिर खोल्न पाउने भए पर्यटन बोर्ड र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा प्रत्याभूतिको माहोल बनाएर खोल्न तयार छौं,’ उनले भने, ‘ज्वरो नाप्ने उपकरण, सेनिटाइजर, मास्क अनिवार्य र भौतिक दूरीलगायत सतर्कता अपनाइनेछ ।’
गत साउन १२ मा होटल तथा पर्यटन व्यवसायी, बौद्ध महिला, युवा समूह एवं आमा समूहलगायत १० भन्दा बढी सामाजिक संघसंस्थाले ज्ञापनपत्र बुझाई मायादेवी मन्दिर खुला गर्न मागसमेत गरेका थिए । उनीहरूले विकास कोषमार्फत पर्यटनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । ०७६/७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउँमा समेत लुम्बिनी परेको थियो । लकडाउन खुलेको र सरकारको जनस्वास्थ्य तथा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मायादेवी मन्दिरमा आवतजावत गर्न दिन माग गरिएको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।
‘चितवन र पोखरा प्राकृतिक सुन्दरता भएकाले मानिस जान्छन्,’ उनले भने, ‘लुम्बिनीमा एउटा भए पनि मन्दिर नखुलेसम्म पर्यटक आउँदैनन् ।’ मन्दिर खुला नहुँदा स्थानीयले समेत भगवान् बुद्धप्रति आस्था प्रकट गर्न नपाएको उनको भनाइ छ ।

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지