네팔-인도, 국경 분쟁 해결을 위한 회담 개최

 Aajtak는 최근 네팔-인도 국경 분쟁 해결을 위해 외무장관 회담이 오는 17일 카트만두에서 열릴 예정이라고 14일 밝혔다.

२९ साउन । नेपाल-भारत सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवको तहमा वार्ता हुने भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । आजतकले प्रकाशित गरेको समाचार अनुसार दुई देशको विदेश मन्त्रालयबीच १७ अगस्ट अर्थात भदौ १ गते काठमाडौंमा वार्ता हुने छ ।
आजतकले नेपाल र भारत सरकारका स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार नेपालका तर्फबाट विदेश सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको नेतृत्वमा वार्ता हुनेछ ।
यो वार्तालाई दुबै देशबीच आर्थिक र विकास योजनासँग जोडिएका मुद्दामा छलफल गर्न नियमित हुने द्विपक्षीय वार्ता भनिएको उल्लेख छ । यस्तो वार्ता २०१६ मा भएको थियो । यो बैठकमा सीमा विवादको मुद्दा पनि उठाउने समाचारमा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमले वार्ताकाे मिति नै उल्लेख गरेपनि परराष्ट्र मन्त्रालयले भने वार्ताका कुराकानी भइरहेको तर मिति टुंगाे लागि नसकेके बताएकाे छ । वर्ताकाे मिति तय नभएकाले एजेण्डाहरु पनि तय भइनसकेको परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिनुभयाे ।
कालापानी-लिपुलेक-लिम्पियाधुराको विषय उठ्न थालेदेखि नै नेपालको ‘एजेन्डा’ भएका कारण यस विषयमा भारतसँग कसिलो द्विपक्षीय वार्ता हुन सकिरहेको छैन । भारतले कालापानी र सुस्ताको मुद्दामा छुट्टै वार्ता गर्न नचाहेको सुरुदेखि नै हो ।
सन् २०१४ मा नेपाल र भारतका परराष्ट्रमन्त्री तहको संयुक्त आयोगले कालापानी र सुस्ता लगायत सीमाङ्कनसँग जोडिएका बाँकी विवाद हल गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई जिम्मेवारी दिएको थियो । तर पाँच वर्षसम्म पनि परराष्ट्र सचिवहरूको सीमा विवादबारे कुराकानी हुनसकेको छैन ।
नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले भने काेराेनाभाइरसकाे कारण देखाउँदै पछि हटिरहेकाे छ । गत कात्तिकमा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले लगातार दुईपटक परराष्ट्रसचिव स्तरीय वार्ताको पहल गरिसकेको छ ।
 साभार : सूचना तथा प्रशारण विभाग ,  Aug 13, 2020
 

 

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지