네팔, 금 가격 6,000루피 하락!

 काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय तोकेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला  ८०० ले घटेको थियो ।बुधबार चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँ कायम गरिएको छ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ ।प्रतिऔंस दुई हजार डलर नाघेको सुनको मूल्य बुधबार विश्वबजारमा प्रतिऔंस एक हजार ८९०.५५ डलरमा झरेको छ । अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको महासंघले जनाएको छ।
  साभार : अन्नपूर्णा पोस्ट. अन्नपूर्णा अर्थतन्त्र , साउन २८, २०७७

 

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지